१४ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीलंकामा राष्ट्रव्यापी ‘सर्च अप्रेसन’, भयो मुडभेठ

sarusaru
१४ बैशाख २०७६, शनिबार ०६:०९

‘इस्टर सण्डे’को दिन श्रीलंकामा भएको श्रृंखलावद्ध आक्रमणपछि देशकको सुरक्षा बलले राष्ट्रव्यापी ‘सर्च अप्रेसन’ चलाइरहेको छ ।
अधिकारीले ‘सर्च’ तथा अन्य सुरक्षा व्यवस्थाको लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी उतारिएको जानकारी दिएका छन् ।
‘सर्च’का क्रममा केही स्थानमा मुडभेड पनि भएको छ । शुक्रबार साँझ सुरक्षाकर्मी र सशस्त्र उग्रवादीबीच यस्तै मुडभेड भएको हो । सुरक्षाबलले सो स्थानमा लुकेका आतंकवादीको सम्बन्ध आइतबार भएको आक्रमणसँग रहेको जानकारी दिएको छ ।