१४ बैशाख २०८१, शुक्रबार
Follow Us

२२ वर्ष अघि जापान पढ्न गएका यी भारतीय यसरी चम्किए

sarusaru
१४ बैशाख २०७६, शनिबार ०६:१२

भारतीय मूलका यागेन्द्र पुराणिक जापानमा ‘एसेम्बली निर्वाचन’ जित्न सफल भएका छन् ।
योगी समेत भनेर चिनिने उनी जापानको एसेम्ली निर्वाचन जित्ने पहिलो भारतीय मुलका व्यक्ति हुन् । उनले टोक्योको एदोगावा वार्डबाट जीत हासिल गरेका छन् ।
योगी भारतको पुणेबाट सन् १९९७ मा सरकारी छात्रवृत्तिमा विद्यार्थीको हिसाबमा जापान गएका थिए । पढाई सकेपछि उनले जापानमा नै काम गर्न थाले ।
राजनीतिमा आउन प्रेरित गर्ने घटनाबारे बोल्दै योगीले भने ,‘मेरो वार्डले लिटिल इण्डिया नामको कार्यक्रम सुरु गरेको थियो । त्यो गलत दिशातर्फ गइरहेको थियो । मैले त्यसका सदस्यसँग कुराकानी गरेर र आफ्नो लक्षमाथि पुनरविचार गरेर तिनलाई व्यवहारिक बनाउने सोचें ,”योगीले भने ।
योगेन्द्रले बताए अनुसार उनी पछिल्लो १५ वर्षदेखि टोक्योको इदोगावामा बसिरहेका छन् । उनको व्यवसायीक जीवन यहीं बित्यो ।