१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुस्ताएका कपिल शर्माले फेरि हंगामा मच्चउन थाले

sarusaru
१४ बैशाख २०७६, शनिबार ०६:४६

कपिल शर्माले आफूलाई बारम्बार एक प्रतिभावान कमेडियनको रुपमा प्रमाणित गर्दै आएका छन् र यसमा कुनै पनि शंका छैन । तर, पछिल्लो समय विभिन्न विवादका कारण शर्माले कार्यक्रम बन्द नै गर्न बाध्य भए ।
त्यसपछि उनी विवादलाई विर्साउने प्रयास गर्दै कार्यक्रमको नाम पनि ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मा बदलेर सन् २०१८ मार्चमा पुन टेलिभिजनमा झुल्किए । तर अत्यन्त न्यून रेटिङको कारण जम्मा तीन एपिसोड पछि कार्यक्रम बन्द भयो ।
अघिल्ला असफलताबाट पाठ सिकेर उनले महिलाको ‘ग्याप’ राखे । यसबीचमा ठूलो तयारी गरेर उनले आफ्नो हास्यव्यंग कार्यक्रमको नयाँ संस्करण डिसेम्बरको अन्तिमतिर फेरि सुरु गरे ।
तर यस पटक भने कपिलको मेहनत खेर गएन । सुरुदेखिनै टिआरपी रेटिङमा उच्च रहेको उनको कार्यक्रमले हाल नयाँ उचाई हासिल गरेको छ । ‘ब्रोडकास्ट रिसर्च अडिसन काउन्सिल’को सन् २०१९ को साह्रौं हप्ताको रेटिङमा ‘द कपिल शर्मा शो’ पहिलो स्थानमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।