७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युएईका अध्यक्ष दुबईबाट फेरि समातिए, धुर्मुस सुन्तली जिल्लाराम !

sarusaru
१४ बैशाख २०७६, शनिबार ०६:५९

काठमाडौं– एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ दुबई प्रहरीबाट पक्राउ परेका छन् । धुर्मुस–सुन्तली क्रिकेट रङ्गशालाका लागि रकम जुटाउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागि भएका उनलाई प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको हो ।
उनलाई के कारणले पक्राउ गरिएको भन्नेबारे स्पष्ट नभएपनि ठगी काण्डमा उजुरी परेपछि पक्राउ परेको समाचार स्रोतले जनाएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग सङ्कलन गर्न दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना गरिएको थियो ।

चितवन समाजको संयोजन तथा यूएईमा रहेका बिभिन्न ३८ वटा नेपाली संघ संस्थाहरुको आयोजनामा शुक्रबार कार्यक्रम भएको थियो ।
ग्राण्ड एक्सेलसिएर होटल दुबईमा भएको कार्यक्रममा धुर्मुस सुन्तलीसहित पुष्पन प्रधान, मेलिना राईलगायतका चर्चित कलाकारको उपस्थिती रहेको थियो भने त्यहाँ पुगेका श्रेष्ठ चाहिँ पक्राउ परेका हुन् ।
उनी पक्राउ परेपछि केहीबेर कार्यक्रमस्थलमा अन्यौलता छाएको बताइएको छ ।
यसअघि गत फागुनमा पनि श्रेष्ठ पक्राउ पछि छुटेका थिए ।
एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कूल आचार्यलाई घुमाउन निस्किएका उनीसहित तीनै पक्राउ परेका थिए ।
सो क्रममा दुबई प्रहरीले अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्यलाई साधारण सोधपुछपछि रिहा गरेको भएपनि युएई अध्यक्ष श्रेष्ठलाई पछि मात्रै छाडिएको थियो ।