१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चेन्नई सुपर किंग्सलाई मुम्बई इन्डियन्सको धक्का

sarusaru
१४ बैशाख २०७६, शनिबार ०७:१४

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सलाई मुम्बई इन्डियन्सको नराम्रो धक्का लागेको छ । सुक्रबार राति भएको खेलमा मुम्बईले चेन्नईलाई ४६ रनले हरायो ।

चेन्नईस्थित एम चिदामबराम स्टेडियममा मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७.४ एक सय ९ रनमा समेटिएको थियो । सुरेश रैनाको कप्तानीमा उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए ।

मिचेल स्टाननरले २२ र ड्वाने ब्राभोले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिङगा एक्लैले चार विकेट लिए । कुर्नाल पाण्ड्या र जस्प्रित बुम्राहले दुई दुई तथा अनुकुल रोए र हार्दिक पाण्ड्याले एक एक विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेटको क्ष्मितमा एक सय ५५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ खेले । इभिन लेविसले ३२, हार्दिक पाण्ड्याले अविजित २३, क्विनटन डी ककले १५ र केइरन पोलार्डले अविजित १३ रन बनाए ।