६ बैशाख २०८१, बिहीबार
Follow Us

कारबाहीमा परे नेइमार

sarusaru
१४ बैशाख २०७६, शनिबार ०७:१७

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएईएफए) ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएईएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।

प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भईसकेको छ ।

यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णय प्रति नेइमारले आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण कारण युएईएफएले नेइमारलाई प्रतिबन्ध गरेको हो ।