१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्षणभरमै यसरी भत्काइयो खुलामञ्चको संरचना (फोटोफिचर)

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७६, शनिबार १२:१९

काठमाडौं–काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएको छ।

महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए ।
ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।
भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए ।
व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो ।
सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी हुन् ।
उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए । सटर खरिदमा झन्डै ३ करोडको चलखेल भएको बताइन्छ ।