१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बम विस्फोटमा संलग्नहरुको खोजीमा रहेको फौज र शंकास्पद उग्रवादीबीचको मुडभेडमा २० जना मारिए

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७६, शनिबार १२:२२

एजेन्सी । श्रीलंकाको पूर्वी तटमा शुक्रबार रातभरी प्रहरी र शंकास्पद उग्रवादीबीच भीषण गोलीबारी भएको छ ।
शनिवार विहान घटनास्थलमा ६ बालबालिकासहित २० जनाको शव भेटिएको सैन्य प्रवक्ताले जानकारी दिए ।
अधिकारीहरुले गोलीवारीमा थप चार बन्धुकधारी र एक सर्वसाधरण मारिएको जानकारी दिएका छन् ।
फौज र शंकास्पद इस्लामिक लडाकूबीच अम्परामा पर्ने साइन्थमरुथुमा गोलीबारी भएको थियो । गोलीबारी साँझबाटनै सुरु भएको थियो । साइन्थमरुथुमा आइतबार भएका शृङ्खलावद्ध बम विस्फोटको एक स्थान थियो ।
सैनिक प्रवक्ता सुमिथ अटापट्टुका अनुसार ‘सर्च अप्रेशन’का क्रममा एक घरमा फौज पस्न लाग्दा बन्धुकधारीले गोलीबारी सुरु गरेको थिए ।
हाल श्रीलंकामा वम विस्फोटमा संलग्न भएकालाई पक्राउ गर्न सेना र प्रहरीले संयुक्त खोज अभियान चलाइरहेको छ ।
मुडभेड भएको स्थानमा उग्रवादी लुकेर बसेका छन् भन्ने हिसाबमै फौज तयारी अवस्थामा थियो । बम विस्फोटपछि त्यसको जिम्मा लिन जारी गरिएको भिडियोका आधारमा सो स्थानमाथि आशंका गरिएको थियो ।