८ बैशाख २०८१, शनिबार
Follow Us

किन फेरियो रवीन्द्र मिश्रको पार्टीको नाम ?

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७६, शनिबार १२:२३

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरिएको छ । बपार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो ।
यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राखिएको छ ।
पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए ।
पार्टीका वैशाख ११, १२ र १३ गते बसेको बैठकले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने पनि तय गरेको छ ।