१५ बैशाख २०८१, शनिबार
Follow Us

सनराईजर्स हैदरावादलाई सात विकेटले हराए

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार ०६:१९

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादलाई सात विकेटले हराएको छ । शनिबार राति भएको खेलमा राजस्थानले हैदरावादलाई हराएसँगै चेन्नई सुपर किंग्स प्ले अफमा प्रवेश गरेको छ ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको एक सय ६१ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन बनाए । लिआम लिभिङस्टोनले ४४, अजिंकाले रहानेले ३९ र कप्तान स्टिभ स्मिथले २२ रन बनाए । बलिङमा हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ खेले । डेभिड वार्नरले ३७, राशिद खानले अविजित १७ र कप्तान केन विलियम्सन १३ रनमा बनाएका थिए । बलिङमा राजस्थानका भरुण आरोन, ओसाने थोमस, श्रेयस गोपाल र जयदेव उनाडकटले दुई दुई विकेट लिए ।

यस जितसँगै राजस्थान छैटौं स्थानमा उक्लिएको छ । राजस्थानले १२ खेलबाट १० अंक बनाएको छ । चौंथो स्थानमा रहेको हैदरावादले ११ खेलबाट १० अंक बनाएको छ । राजस्थानले हैदरावादलाई हराएपछि चेन्नई प्ले अफमा पुगेको छ । शीर्ष टोली चेन्नईले १२ खेलबाट १६ अंक छ । चेन्नई जारी सिजन आइपीएलको प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।