६ बैशाख २०८१, बिहीबार
Follow Us

महाभियोग प्रकरणमा विदेशी चासो अस्वभाविक

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार ०८:५९

काठमाडौं । युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा विदेशी चासो हुनु अनावश्यक भएको जनाएको छ ।

सङ्घका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा आज जारी विज्ञप्तिमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पदीय मर्यादाको हेक्का नराखी सो घटनामा आफ्ना गतिविधि सञ्चालन गरेको जनाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।

‘‘नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन् । नेपालको सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ’’ विज्ञप्तिमा भनिएको छ ।