६ बैशाख २०८१, बिहीबार
Follow Us

वेस्टहाम युनाइटेडको नमिठो झट्का

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार ०६:२०

इङ्लिस प्रिमियर लिगको बलियो टोली टोट्टनहामलाई वेस्टहाम युनाइटेडको नमिठो झट्का लागेको छ । नयाँ स्टेडियममा शनिबार साँझ भएको खेलमा टोट्टनहाम बेस्टहामसँग १–० गोलले पराजित भयो ।

वेस्टहामको जितमा मिचाइल एन्टोनियोले ६७औं मिनेटमा निर्णायक गोल गरेका थिए । घरेलु मैदानमा खेलको अन्तिमसम्म गोल फर्काउने टोट्टनहामको प्रयास सफल बन्न सकेन । यस हारले तेस्रो स्थानमा रहेको टोट्टनहामको शीर्ष चार भित्र रहँदै च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा धक्का पुगेको छ ।

हारेपनि तेस्रो स्थानमा रहेको टोट्टनहामको ३६ खेलबाट ७० अंक छ । ११औं स्थानमा उक्लिएको वेस्टहामको ४६ अंक छ । शीर्ष स्थानमा रहेका लिभरपुलको ९१ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८९ अंक छ ।