March 30, 2020

ढल्यो एउटा सांगीतिक धरोहरःरहेनन वीजु बज्रचार्य

  28th April 2019 मा प्रकाशित

गुल्मीको पुरानो ब्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर विजु बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृलदयघातबाट निधन भएको छ ।

काठमाण्डौ बबरमहलस्थित रातोभाले पछाडी दिउँसो करिव १२ बजेको समयमा आफ्नो निवासबाट कतै जाने क्रममा मोटरसाईकल स्टाट गर्दा त्यही ढलेको र अचेत अवस्थामा सिभिल अस्पतालमा लैजादा उनलाई डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिए । उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगितकार थिए ।

रेडियो नेपालबाट स्वर परिक्षामा उतिर्ण उनि वामीटक्सार स्थित जुठप्रसाद वैद्यचार्यका छोरा हुन । उनका श्रीमति र ३ सन्तान छन । उनि मुटु रोगबाट पिडित थिए । उपचार पश्चात निको भएको सापकोटा बताउँ छिन ।

प्रतिक्रिया