१२ बैशाख २०८१, बुधबार
Follow Us

सन्दिप लामिछानेको दिल्ली क्यापिटल्स प्ले अफमा पुग्यो

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार १६:५०

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को प्ले अफमा प्रवेश गरेको छ । आइतबार बेलुका भएको खेलमा दिल्लीले रोल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले हराएको हो । यस जितसँगै दिल्लीले १२ खेलबाट १६ अंक जोड्दै प्ले अफमा स्थान बनाएको छ ।

एक सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले सात विकेट गुमाएर एक सय ७१ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि पार्थिव पटेलले सर्वाधिक ३९ रन बनाए । मार्कोस स्टोइनिसले अविजित ३२, शिभम् दुवेले २४, गुरकिरत सिंहले २७, विराट कोहलीले २३, एवी डि भीलियर्सले १७ रन बनाए । बलिङमा दिल्लीकका कागीसो रावडा र अमित मिश्राले दुई दुई विकेट लिए । इशान्त शर्मा, अक्सर पटेल र रदरफोर्डले एक एक विकेट लिए । नेपालका सन्दीप लामिछाने विकेट विहिन भए । सन्दीपले तीन ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयर र शिखर धवनले अर्धशतक बनाए कप्तान एयरले ५२ रन बनाए । धवनले ५०, शेरफेन रदरफोर्डले २८, पृथ्वी शाले १८, अक्सर पटेलले अविजित १६ र कोलिन इन्ग्रामले ११ रन बनाए ।

बलिङमा बैंगलोरका बलर युजवेन्द्र चहलले दुई विकेट लिए । उमेश यादव, वासिंगटन सुन्दर र नवदीप सैनीले एक एक विकेट झारे ।