१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अमेरिकाको चुनावी माहोलमा शाहको अग्रता

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार १९:४३

सुरेश कोइराला । बाल्टिमोड–एनआरएनए आईसीसीका अध्यक्ष पद्का उम्मेदवार सुनिल शाह चुनावी दौडाहमा दौडिरहेका छन् । उहाँको उम्मेदवारीलाई विभिन्न च्याप्टरले देखाएको माया, ममता र स्नेहले विजय निश्चित भएको बुझिएकोे छ ।
उहाँले आगामी २८ गते बहुसदस्य रहेको मेरिल्याण्ड च्याप्टरमा चुनावी सभा कार्यक्रम गर्दै हुनुहुन्छ । जुन कार्यक्रम अत्यन्तै सफल हुने विश्वास लिइएको छ । नेपाली जनसम्पर्क समितिका मेरिल्याण्ड च्याप्टरका पूर्व सभापति सुवाष घिमिरेले उक्त कार्यक्रम सफल बनाउन र उहाँलाई जिताउनका लागि बाल्टिमोडमा रहेका विभिन्न संघ संस्था एवम् जनसम्पर्क समिति मेरिल्याण्डका नेतागण एवम् राजनीतिकसँग समन्वय गरी एक्यवद्ध गर्नुभएको छ ।

मेरिल्याण्डको विभिन्न संघ संस्थामा आवद्ध व्यक्ति तथा प्रतिष्ठित व्यक्तित्वहरूसँग समन्वय गरी उहाँको चुनावी अभियान तिव्र बनाएको घिमिरेले बताउनु हुन्छ । सुवाष घिमिरे अमेरिकाका एक उज्वल नक्षेत्र र प्रभावकाशाली व्यक्तित्व हुनुहुन्छ ।

अमेरिकामा आउँदो मे १८ र १९ गते हुने चुनावका लागि माहोल निकै तातिरहेको छ । आगामी चुनावमा विजय निश्चित भएपछि शाह जन्मभूमीको भूगोलभन्दा बाहिर बसेका नेपालीहरूको विकास र समृद्धिका पक्षका उभिनु भएको छ । उहाँलाई विजय गराउन जनसम्पर्क समिति तथा अन्य संघ संस्थाहरू एक ढिक्का भएर लागि परेको छन् । यसकारण उहाँ जहाँ गएपनि गैर आवसीय नेपालीहरूका लागि उत्सुकता बढेको छ ।