१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय तहमा उपकरण हस्तान्तरण

sarusaru
१६ बैशाख २०७६, सोमबार ०२:२४

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि स्थानीय तहलाई आज उपकरण हस्तान्तरण गरेको छ।

उपकरणमा एक थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान मोबाइल छन्। सो उपकरण प्रदेश भरिका १३७ स्थानीय तहलाई एक करोड १७ लाख मूल्य बराबरको छ भने प्रत्येक स्थानीय तहलाई रु ८५ हजार बराबरको उपकरण हस्तान्तरण भएको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यस्ता उपकरणबाट स्थानीय तहमा आपत्कालीन अवस्थामा सहज बनाउन मद्दत गर्ने बताए।

उनले सरकारको पहुँच स्थानीय तहसम्म पुगेको महसुस हुने र यसबाट आम नागरिकलाई सेवा प्रवाहमा मद्दत पनि पुग्ने विश्वास व्यक्त गरे।
डिसी नेपाल