१२ बैशाख २०८१, बुधबार
Follow Us

१४ वर्षे छोराले कुट्दा बुबाको मृत्यु

sarusaru
१६ बैशाख २०७६, सोमबार ०२:४०

धनकुटाको सहिद भूमि गाउँपालिका, ४ मा छोराले बुबाको हत्या गरेका छन् । १४ वर्षीय छोरा विज्ञान राईले गएराति कोदालोले हानेर ४७ वर्षीय बुबा इन्द्रकुमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

घरायसी विवादका क्रममा बुबाले सामान्य गाली गर्दा छोराले आवेगमा बुबाको टाउकोमा कोदालोले प्रहार गरेका थिए । छोराको कुटाइबाट बुबाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनापश्चात मृतकको लासलाई पोष्टमार्टमको लागि धनकुटा अस्पतालमामा ल्याइएको छ । छोरालाई प्रहरीले घरबाट पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको एसपी गुरुङले बताए ।
नयाँ पत्रिका