७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतबाट कमिलाको पार्सल चीन पुगेपछि

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०३:१५

चीनमा बेलायतबाट आएको एक पार्सलमा कमिला भेटिएका छन् ।
चीनको केन्द्रीय भन्सार कार्यालयका अनुसार पार्सलमा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
चीनको हुनान प्रान्तको छाङसाबाट कमिलासहितको उक्त पार्सल नियन्त्रणमा लिइएको छ । ती कमिला हार्भेस्टर एन्ट लाई आवश्यक पोषणयुक्र खानासहित टेस्टट्यूबमा बन्द गरिएको अवस्थामा भेटिएको भन्सार अधिकारीहरुले जनाएका छन् । कमिलाको सो प्रजातीलाई आयात गरिएको हुन सक्ने अधिकारीहरुले जनाएका छन् । चीन हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानुनी प्रतिबन्ध छ ।