१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डनबाट बिरामी भएर फर्किएकी श्वेता खड्का दिल्लीमा यस्तो अवस्थामा भेटिइन्

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:२६

चर्चित नायिका स्वेता खड्का बिरामी परेकी छिन् । उनको दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा शल्यक्रिया गरेर ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छिन् ।

श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी हुन् ।

फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो । लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले बताइन् ।

उनले फेसबुकमा भनेकी छिन्, ‘लण्डनमा केही दिनको सुटिङपछि एकाएक मलाई घाँटी र चिउँडोमा निकै पीडा हुनथाल्यो, ज्वरो पनि बेस्सरी आयो । मलाई तत्काल दिल्ली लगियो । डा सुरेन्द्र कुमार दबासले ‘रोबोटिक सर्जरी’ गरे र नेपालबाट डा। पंकजले सबै व्यवस्था मिलाइदिएपछि शल्यक्रिया सफल भयो ।’
केही वर्षअघि बिहेकी केही समयमै श्वेताले श्रीमान श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी थिइन् ।