१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा हुने युएनए सम्मेलनमा क–कसको हुँदैछ सहभागिता ?

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:२८

लण्डन– अकेरिकाको न्यूयोर्कमा आगामी मे २५ र २६ तारिखमा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलन हुने भएको छ ।
सम्मेलनमा गैरआवासिय नेपाली संघ (एनआरएन) अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेसहितका एनआरएनका नेताहरु सहभागी हुने आयोजकले जनाएको छ ।

यसैगरी संयुक्त राष्ट्र संघकी पूर्व युवा सम्मेलनकी सभापति तथा हाल मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथको सचिवालयमा कार्यरत जोली अमात्य, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की , युएनएका संस्थापक तथा सफल ब्यबसायी पासांग लामा, बाणिज्य दुत एसी शेर्पालगायतको पनि सम्मेलनका सहभागिता रहने सहसंयोजक पवन योञ्जनले जानकारी दिए ।

यसैगरी प्रथम नेपाल आईडलका प्रथम बिजेता बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया मगर ,मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राई लगायतको कार्यक्रममा प्रस्तुति रहनेछ ।
नेपाली समुदायका सदस्यहरुलाई मुलधारमा कसरी लग्ने , राजनीतिमा कसरी सहभागिता जनाउने ,मुलधारमा प्रवेश गरि राजनीतिमा कसरी आफ्नो पहिचान राख्ने आदी ईत्यादी बिषयमा समेत सचेतना ल्याउने काममा युएनएले भूमिका निर्वाह गर्ने संस्थापक पासांग लामाले बताए ।