१३ बैशाख २०८१, बिहीबार
Follow Us

वाणगंगा नगरपालिकामा अर्को विभत्स हत्या

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:३१

आइतबार राती फेरी वाणगंगा नगरपालिकामा अर्को विभत्स हत्या भएको छ । हत्याको प्रकृति निकै दर्दनाक देखिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मृतक सुनिता थारुलाई मध्यरातमा ढुङ्गाले थिचेर हत्या गरिएको थाहा भएको छ । वाणगंगा (८ बालापुरमा भएको उक्त घटनास्थलमा अहिले मुचुल्का उठाउने काम भैरहेको छ । मुचुल्का उठाउने काम सकिसके पछि पोष्टमार्टमका लागि शवलाई तौलिहवा पठाइने छ ।
पोस्ट्मार्टम रिर्पोट पछि घटनाको थप जानकारी आउने छ । थारुलाई हत्या गरी वाणगंगा नदीको पानीमा डुबाइएको थियो । मृतकको शव प्रकृती हेर्दा दाहिने आँखा बाहिर निस्किएको छ । दुवै गालाको छाला लछारिएको छ । आँखाको आँखीभौं एक इन्च बाहिर निस्किएको छ । निधारमा ढुंगा प्रहार गरी थिचिएको छ । सुनितालाई खोला किनारको एक खाल्डोमा भित्तामा अचटी लछार(पछार पार्दै नदीमा लगेर फालिएको थियो ।
बायाँ आखाँ बन्द छ भने दाहिने आखाँ बाहिर निस्किएको अवस्थामा नदीबाट प्रहरीले शव बाहिर निकालेको थियो । परिवारको संलग्नता भएको आशंका गरिएको उक्त हत्या गएराती नै भएपनि विहान मात्र थाहा हुन आएको थियो । स्थानीयका अनुसार श्रीमानले नुहाउन भनि खोला किनारमा राती ९ बजे सुनितालाई लगेको जनाइएको छ ।
केही समय अघि देखि परिवारमा खटपट देखिएको छिमेकीले बताएका छन् । एक हप्ता अघि पनि परिवारमा कलह भएपछि इलाका प्रहरी कार्यालय पिपरामा गएर मिलेमतो गरेका थिए । त्यसपछि खोला किनारमा सानो झुपडी बनाएर बसेको पनि स्थानीयले बताएका छन् । त्यो झुपडी उनकै हत्याको षडयन्त्र स्वरुप बनाइएको हुन सक्ने छिमेकीको दाबी छ । वडा नं। ८ का वडा अध्यक्ष गुणनिधी भुसाल र वडा सदस्य गीता भुसालले पनि परिवारकै संलग्नतामा उनको हत्या भएको जानकारी दिए ।

घटना पछि मृतककी आमाले हत्यामा संलग्न भएकालाई कडा बारबाहीको माग गर्नुभएको छ । घटनास्थलमा विहान साढे ९ बजे सम्म सर्वसाधारणको भिड थियो । यसैगरी घटनाबारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक ९एसपी० अच्युतम पुडासैनी लगायतका सुरक्षा अधिकारी घटनास्थल पुगेका थिए । घटनाा संलग्न रहेको आशङकामा प्रहरीले मृतक सुनिताका श्रीमान २२ बर्षिय सुरेस थारु सहित ३ जनालाई पक्राउ गरि घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक एसपी अच्युत गौतमले जानकारी दिए । एसपी पुडासैनीले घटनाको बारेमा धेरै कुराहरु जुटिसकेकाले चाडै दोषिलाई कारबाही गर्ने बताए ।