१३ बैशाख २०८१, बिहीबार
Follow Us

श्रममन्त्री बिष्टको परिवारले पिउने पानीमा विष हालेको आरोप

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:३५

गुल्मीको ईस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारले पिउने पानीको ट्याङकीमा कसैले विष राखी दिएको हल्लाले उनको परिवार तनावमा परेको छ ।

सोमवार विहान मन्त्री विष्टका दाजु एवं ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले स्थानिय एक महिलाले ट्याङकीमा कसैले विष राखी दिएको देखेको बताए पछि आफ्नो परिवारले उक्त ट्याङकीको पानी पिउन छाडेको बताए ।

उनले उक्त ट्याङकीको पानी परिक्षण गराउन सदरमुकाम तम्घासमा लिएर बाटोमा आउँदै गरेको जानकारी दिए ।