१३ बैशाख २०८१, बिहीबार
Follow Us

चर्चित पाइलट विजय लामा निलम्बनमा परे

sarusaru
१६ बैशाख २०७६, सोमबार १२:३९

काठमाडौँ — चर्चित पाइलट विजय लामा बिलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका प्रवक्ता समेत रहेका क्याप्टेन पाइलट विजय लामालाई निलम्बन गरेको हो ।

निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।

एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्त नबुझेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो ।