७ बैशाख २०८१, शुक्रबार
Follow Us

महन्त बैकुण्ठ दास बैष्णवको महन्त पद खारेज

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार १४:३४

जनकपुर स्थित रत्नसागर मन्दिरको महन्त बैकुण्ठ दास बैष्णवको महन्त पद खारेज गरेको छ ।
सर्वोच्च अदालतको इजलास नम्बर ७ मा भएको संयुक्त फैसलाबाट बैकुण्ठ दासको महन्त पद खारेज गरेको हो ।
ईजलास नम्बर ७ मा न्यायाधीश डा. आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानले संयुक्तरुपमा महन्त पद खारेजिको फैसला गरेको छ ।
गुठी संस्थान र स्थानिय रामानन्द युवा क्लबले बैकुण्ठ दास बैष्णव बिरुद्ध ६ वर्ष अघि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
बैकुण्ठ दास भारतिय नागरिक रहेको र मन्दिरको जग्गाहरु धमाधम बिक्री बितरण गरेको आरोप लाग्दै आएको छ । उनले हजारी जनक विद्यापिठ विद्यालयको जग्गा समेत किर्ते जालसाजी गरि बेचेको आरोपमा उच्च अदालत जनकपुरमा मुद्दा सनेत दायर छ ।