१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लोकमानको बचाउमा नयाँशक्ति पार्टी

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार १३:२९

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले भ्रष्टाचार निवारणका लागि निःस्वार्थ र निर्भीकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै विवादमा तानिनु दुःखद् भएको जनाएको छ ।

पार्टी प्रवक्ता खिमलाल देवकोटाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति आएको छ भन्दै संसद्बाट सिधै नियुक्त हुने पद राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसद्प्रति उत्तरदायी होस् भन्ने पार्टीकोे माग भएको उल्लेख छ ।

संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संवेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा नभई राम्रा र जनोत्तरदायी व्यक्तिलाई नियुक्ति गरियोस् भनी पार्टीले ध्यानार्कषण गराएको छ ।

संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाका काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पारेको प्रवक्ता देवकोटाले उल्लेख गर्नुभएको छ ।