१३ बैशाख २०८१, बिहीबार
Follow Us

सप्तरीमा एकपछि अर्को अपहरण

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार १६:५४

सप्तरी–मामाघर बिहेमा गएका सप्तरीको राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक बेपता भएका छन् ।

स्थानीय बालक लक्ष्मण यादवलाई राति मोटरसाइकलमा आएका केही व्यक्तिले विवाह भइरहेको स्थानबाट कसैले अपहरण गरिलगेको लक्ष्मणका मामा भोलेन्द्र यादवले बताए ।
आफ्नै गाउँमा भइरहेको मामाको बिहेमा लक्ष्मण जन्ती गएका बेला केही व्यक्तिले उनलाई अपहरण गरेर लगेको हुन सक्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

विवाहको जन्तीबाटै बेपता भएका बालकका मामा भोलेन्द्र प्रहरी जवान रहेका स्थानीयवासीले जनाएको छ । यता लक्ष्मणका परिवारजनले जिल्ला प्रहरी कार्यालयमा बालकको हुलिया जाहेरी दिँदै खोजीका लागि प्रहरीसँग गुहार मागेका छन् । सप्तरीमा बालबालिका हराउने र अपहरणमा पर्नेको सङ्ख्या बढदै गएको प्रहरीको भनाइ छ ।

यसैबीच बेपत्ता भई अपहरणमा परेका बालकका विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै बालकको खोजी तीव्र पारेको प्रहरी उपरीक्षक विष्टले बताए ।
त्यस्तै विगत दुई सातादेखि सप्तरीको रुपनी गाउँपालिकाबाट बेपत्ता भएकी एक बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

स्थानीयवासी विष्णुदेव सरदारका १६ वर्षीया छोरी आरती गत चैत ३० गतेदेखि बेपत्ता भएका थिइन् ।
उनको परिवारजनको जाहेरीका आधारमा खोजी गर्दा रौतहटको चन्द्रनिगाहपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।