१५ बैशाख २०८१, शनिबार
Follow Us

चीनमा यसरी गरे सी चिनफिङले राष्ट्रपति भण्डारीको स्वागत (फोटोफिचर)

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार १८:१८

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपलमा स्वागत गरे ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो ।

त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो । राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो ।

यसैबीच राष्ट्रपति भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेट भएको छ ।