१२ बैशाख २०८१, बुधबार
Follow Us

वैशाखमै पेट्रोलियम अन्वेषण

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ०२:५४

दैलेख – चीन सरकारको ‘चाइना जियोलोजिकल सर्भे’ र नेपालको खानी तथा भूगर्भ विभागले यही वैशाखमा शिरस्थानमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्ने भएका छन् । यसका लागि फागुन १६ मा चिनियाँ पक्षसँग सम्झौता भइसकेको छ ।

चीनको राजधानी बेइजिङमा चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट वाङ कुन र नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच सम्झौता भएको हो । कान्तिपुर दैनिकमा खबर छ ।