१३ बैशाख २०८१, बिहीबार
Follow Us

ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीन मेसिन एकैसाथ थन्कियाे

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ०२:५८

काठमाडाैं-राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बताए ।

सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार–पाँचवटा अप्रेसन मात्रै सम्भव हुन्छ । तत्काल मेसिन नबने अप्रेसनको पालोमा बसेका धेरै बिरामी प्रभावित हुनेछन् । मेसिन खरिद गरिएको कम्पनीका प्राविधिकले मर्मत गर्नुपर्ने हुन्छ । सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको निर्देशक यादवले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।