७ बैशाख २०८१, शुक्रबार
Follow Us

बालुवाटारको जग्गामा बैंकको लगानी, राष्ट्र बैंक छानबिनमा

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ०३:०६

सरकारबाट व्यक्तिका नाममा सारिएको बालुवाटारको जग्गामा बैंकहरूको लगानी रहेको खुलासा भएपछि नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ ।

केन्द्रीय बैंकले सोमबार नै सबै बैंकहरूसँग यस सम्बन्धमा विवरण माग गरेको हो । ‘बालुवाटारको विवादास्पद जग्गा बैंकमा धितो रहेको भन्ने चर्चा सुनिएपछि राष्ट्र बैंकले त्यसलाई गम्भीरताका साथ लिएको छ,’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘हामीले सुपरिवेक्षण विभागलाई यसको विवरण संकलन गर्न
निर्देशन दिइसकेका छौँ, विवरण चाँडै आउनेछ ।’ विवरण आएपछि मात्रै यस सम्बन्धमा अन्य कामकारबाही अघि बढ्नेछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।