८ बैशाख २०८१, शनिबार
Follow Us

इनारमा खसेका बृद्धलाई ५ दिनपछि जीवितै उद्धार

sarusaru
१७ बैशाख २०७६, मंगलवार ०३:१२

सर्लाही । हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो।

गत वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई आज ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ।
डिसी नेपाल