७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेहुला बेहुलीसहित ४ जना विवहा मण्डपबाटै पक्राउ

sarusaru
१७ बैशाख २०७६, मंगलवार ०३:२९

विवाह गर्न लागेका एक जोडी विवाह मन्डपबाटै पक्राउ परेका छन् । शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुली सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेहुला ३६ बर्षीय जित बहादुर तामाङ, बुवा कैलाशपति तामाङ, बेहुली र उनको बुवा तिर्थ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

शनिबार बाजा–गाजासहित विवाह गर्न लागेका जोडीलाई प्रहरीले विवाह मन्डपबाटै पक्राउ परेको हो । बाल विवाह हुँदै गरेको सुचना पाए लगत्तै प्रहरीे टोली पांठा पुगेको जनाएको छ । पक्राउ परेका ४ जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता बेहुलीका आफन्तले बेहुलीको २०५६ साल बैशाख ३ गते जन्म भएकाले २० बर्ष पुरा भइसकेकाले विवाह गरेको बताएका छन् । पक्राउ परेकी बेहुली २० बर्ष पुगे नपुगेको जन्म दर्ताको खोजी नगरपालिकाले गरे पनि पुरानो डाटा अहिलेसम्म नभेटिएको वडा अध्यक्ष दयानिधि बरालले जानकारी दिए ।

उनले जानुकाको जन्म दर्ताको खोजी गरे पनि नगरमा नभेटिएकाले माथिल्लो निकायको मन्त्रालयमा खोजी गर्ने आग्रह गरेको बताए । मन्डपबाटै बेहुला बेहुला पक्राउ परेको जिल्लामा यो दोस्रो घटना हो ।
टिभि अन्नपूर्ण