८ बैशाख २०८१, शनिबार
Follow Us

फोरम नेपाल प्रदेश २ समितिमा विजय यादव निर्वाचित

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ०५:५४

काठमाडौं–संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा विजय यादव निर्वाचित भएका छन् ।
सोमबार राती अवेर आएको नतिजा अनुसार उनी १८४ मत ल्याएर विजय भएका हुन्् । उनका निकटम प्रतिद्वन्द्वी रणु यादव १४७ मत ल्याएर पराजित भएकी छिन् । प्रदेश समितिको अधिवेशनमा सहमति जुट्न नसक्दा अध्यक्ष र सदस्यमा चुनाव भएको थियो ।
केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रेणु यादव (सप्तरी), केन्द्रीय कोषाध्यक्ष एवं प्रदेश २ का आन्तरिक मामिला मन्त्री विजय यादव (सिरहा) र प्रदेश समितिका सदस्य एवं प्रदेश सांसद अशोक यादवबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो ।
कार्यसमितिमा रहने ४१ जनाका लागि २०० जनाले उम्मेदवारी दर्ता गराएका थिए भने ४०५ जनाले मतदान गरेका थिए ।