१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कति झूटो बोल्छन डोनाल्ड ट्रम्प !

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ०५:५९

सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए ।
सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो । राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झुटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ ।
ट्रम्पले कार्यभार सम्हालेको ६०१ दिनमा ५ हजार झुट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झुट बोले । त्यसपछिका २२६ दिनको समयमै ५ हजार झुटो कुरा बोले । त्यसपछिका पछिल्ला २२६ दिनमा ट्रम्पले दैनिक २३ झुटो दावी प्रस्तुत गरे ।