७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए क्यानाडाको निर्वाचन अगष्ट १७ तारिखमा

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ०७:३३

क्यानाडा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाले आजीवन तथा नयाँ सदस्यता आवेदन सदस्यता खुला गरेको छ । संघले आगामी कार्यकाल २०१९–२०२१ को लागि सदस्यता खुल्ला गरेको हो ।

एनआरएनए क्यानाडाको १० औं अधिवेशन आउँदो अगष्ट १७ तारिखमा हुँदैछ । संघले मे १५ तारिख सम्मको लागि सदस्यता खुल्ला गरेको एनआरएनए क्यानाडाका महासचिव चिरञ्जीवी घिमिरेले डिसी नेपाललाई जानकारी दिए ।

एनआरएनए अन्तराष्ट्रिय परिषदको मेम्बरसिप इन्फरमेसन सिस्टम अर्थात ९एमआइएस० लाई नर्थ अमेरिकामा नै पहिलो पटक एनसीसी क्यानाडामा प्रयोग गरेको छ।

हाल खुल्ला गरिएका साधारण र आजीवन गरि दुई प्रकारका सदस्यताहरू रहेका छन्। १५ मे, २०१९ सम्म प्राप्त सदस्यताका आवेदनहरूलाई २०१९–२०२१ अवधिका पन्जीकृत सदस्य तथा मतदाता मानिने एनआरएन क्यानाडाले जनाएको छ ।