१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने चार जना पक्राउ

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ११:२१

काठमाडौं। काठमाडौं महानगरपालिका १४ स्थित कुमारीक्लब नजिक ड्युटिमा खटिएको प्रहरीलाई माथि नै हातपात गर्ने काठमाडौं बानेश्‍वर बस्ने २२ वर्षीय बिवस श्रेष्ठ समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।