१२ बैशाख २०८१, बुधबार
Follow Us

चोभारमा सुख्खा बन्दरगाह बनाउन किन भइरहेको छ अवरोध ?

sarusaru
१७ बैशाख २०७६, मंगलवार १२:५२

काठमाडौं–नेपाल इण्टरमोडल यातायात विकास समितिले सार्वजनिक सूचना प्रकाशित गरी प्रमाण सहित गुनासो पेश गर्न आह्वान गरेपछि चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न प्रमाण र कागजात सहित आफ्नो औपचारिक निवेदन दर्ता गराएका छन् ।

सूचना अनुसार समग्र चोभारका विषयमा सरोकार राख्ने चोभार संरक्षण समितिले आइतबार औपचारिक रुपमा आफ्नो गुनासो सहितको निवेदन दर्ता गराएका थियो ।

गत फाुगन ९ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचनाका आधारमा विभिन्न तथ्य र प्रमाणका साथ तोकिएको म्याद भित्र नै आफ्नो गुनासो सहितको माग पत्र पेश गरिएको चोभार संरक्षण समितिका संयोजक पंचलाल महर्जनले जानकारी दिए ।
नेपाल इन्टरमोडल यातायात विकास समितिको साइट अफिसमा बुझाइएको निवेदनमा चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न नहुने र हिमाल सिमेन्ट उद्योगले अधिग्रहण गरेको जग्गा फिर्ता दिनुपर्ने दाबी प्रस्तुत गरिएको छ ।

यसैबीच संघर्ष समितिले मंगलबार गुनासोको बोधार्थ उद्योग मन्त्रालय, विश्व बैंक र जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
स्थानीयले संघर्ष समिति नै बनाएर बन्दरगाह निर्माणको विरोध गर्दै आएका छन् ।