१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मन्त्री बस्नेत कतार प्रस्थान

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार १४:०७

काठमाण्डौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कतार प्रस्थान गर्नुभएको छ । ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने सिलसिलामा मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेशविक्रम शाही हुनुहुन्छ । एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल गर्ने फोरम हो । कार्यक्रमको बुधबार कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उदघाटन गर्ने कार्यक्रम छ । फोरमलाई मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका क्रममा मन्त्री बस्नेतले वातावरणीय परिवर्तनका कारण एसियाली मुलुकहरुले भोगिरहेका साझा समस्या र तिनको समाधानबारे नेपालको धारणा राख्नुहुनेछ । यस्तै त्यस क्रममा विभिन्न मुलुकका सहभागी प्रतिनिधिसँग सामूहिक ताथ एक्लाएक्लै भेटसमेत हुनेछ । मन्त्री बस्नेत आगामी १९ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।