७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्रोत नखुलेको नेपाली रुपैयाँ सहित कोरियन नागरिक पक्राउ

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार १६:०८

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियन नागरिक एम ७४९४०१६० राहदानी नम्बर भएका ४८ वर्षीय जोन हुन किमलाई स्रोत नखुलेको १५ लाख ३१ हजार नेपाली रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट वुद्ध एयरको उडानद्वारा बाराको सिमरा जान लागेका उनलाई जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
जोनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।