१५ चैत्र २०८०, बिहीबार
Follow Us

दलहरुले सत्तामा पुर्‍याउने भर्‍याङको रुपमा मात्र श्रमिकलाई प्रयोग गरेः कमल थापा

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७६, बुधबार १६:१५

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले अवलम्वन गरेका एजेण्डालाई हरेक मजदुरहरुको मन मस्तिष्कमा पु¥याउन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लाई आग्रह गर्दै अन्य ट्रेड युनियनहरु भन्दा अलग तरिकाले सम्पूर्ण मजदुरहरुको हितमा अग्रसर हुन निर्देशन दिएका छन् ।
१३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले रोजगारको प्रचुर सम्भावना बोकेको देश नेपालबाट श्रम गर्नकै लागि ४० औं लाख युवाहरु विदेशिनु पर्ने अवस्था आउनुमा परिवर्तनकारी भनाउने दलहरुको गलत मार्गचित्र नै कारक रहेको टिप्पणी गरे ।
जनआन्दोलनका क्रममा श्रमिकहरुको हितमा मुलुकलाई परिवर्तन गर्छौं भनेर तिनै श्रमिकहरुको बलमा सत्तामा पुगे पनि उनीहरुबाट आफ्नो स्वार्थ पूर्ति बाहेक कुनै उपलब्धी नभएको उल्ल्ेख गर्दै अध्यक्ष थापाले राप्रपाले अंगीकार गरेका एजेण्डा स्थापित नभएसम्म देशले विकासको गति लिन नसक्ने ठोकुवा गरे ।
क्रान्तिकारी दलको उपमा पाएको नेकपाको दुईतिहाइको सरकार विद्यमान रहेकै अवस्थामा गरिबी, भ्रष्टाचार, नियोजित रुपमा धर्म परिवर्तन जस्ता कार्यले प्रोत्साहन पाउनु दुर्भाग्य भएको बताउँदै अध्यक्ष थापाले ३८ क्वीन्टल सुन काण्ड, वाईडवडी काण्ड, बलात्कार काण्ड हुँदै वालुवाटारको सरकारी जग्गा समेत जिम्मेवार राजनीतिक दलका नेताको नाममा नामसारी हुनुमा आम नेपाली जनताले अन्तराष्ट्रिय स्तरमै लज्जाबोध गर्नुपर्ने अवस्था सिर्जना भएकोले यी कुराहरुलाई जनस्तरसम्म पु¥याउँदै पार्टीको संगठन विस्तारमा लाग्न पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।
सरकारसँग वार्ता चलिरहेको अवस्थामा राप्रपा अहिले दोस्रो चरणको आन्दोलन सफल बनाउन शक्ति सञ्चयमा केन्द्रीत रहेकोले तल्लो तहसम्म संगठन विस्तारमा जुट्ने अवसरको सदुपयोग गर्दै विभिन्न कलकारखानामा कार्यरत मजदुरहरुलाई ट्रेड युनियन महासंघ नेपालमा आवद्ध गराउन महासंघ सफल हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक वोहरा, प्रवक्ता एवं संयोजित संगठन विभाग प्रमुख शुसिल कुमार श्रेष्ठ, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का वरिष्ठ उपाध्यक्ष बाल कुमार श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, यातायात श्रमिक संघका अध्यक्ष दिपेन्द्र रेग्मी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।