१३ बैशाख २०८१, बिहीबार
Follow Us

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७६, बुधबार १६:२३

काठमाडौं-काठमाडौं, कैलाली, सिराहा, धादिङ र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंको टोखा नगरपालिका-९ गोगंबु गणेशस्थानस्थित सडकमा बा.३ ख २१३८ नम्बरको पानी बोक्ने ट्याङ्कर रोकिरहेको अवस्थामा मंगलबार साँझ अचानक अगाडि बढ्न जाँदा गम्भीर घाइते भएका ट्याङ्रका सहचालक मनमैजु बस्ने नुवाकोट ककनी-३ का २५ वर्षीय पुष्कर लामाको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको गोदावरी नगरपालिका-४ खैरानापुलस्थित राजमार्गमा से.१ प ३७५० नम्बरको मोटरसाइकल मंगलबार दिउँसो आफै अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-८ बस्ने ४० वर्षीय आशाराम चौधरीको पद्मा अस्पताल अत्तरिया हुँदै थप उपचारको लागि सेती अंचल अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
सिराहाको धनगढीमाई नगरपालिका-८ कसहास्थित राजमार्गमा ना.३ ख ६८१३ नम्बरको ट्रिपरले को.३० प २४५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक खोटाङ चिसापानी गाउँपालिका-३ बस्ने ३५ वर्षीय प्रकाश राईको सप्तऋषि अस्पताल लहानबाट थप उपचारको लागि धरान घोपा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँस्थित वारापोखरी-५ बस्ने २२ वर्षीय दिल कुमार राई घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वी राजमार्गमा बा.९७ प २५३८ नम्बरको मोटरसाइकललाई बा.४ ख ९१०३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई पुन: ना.६ ख ५६१४ नम्बरको ट्रकमा ठक्कर खाई बुधबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय २ पुरुषको घटनास्थलमै मृत्यु भएको छ । माइक्रोबस र ट्रक सहित चालकहरु दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका-१७ सातदोबाटोस्थित सडकमा बा.८२ प ४६०१ नम्बरको मोटरसाइकलले बुधबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएकी पैदलयात्री काठमाडौं गौरीघाट बस्ने म्याग्दी घर भएकी ४५ वर्षीया गोमा मगरको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक इमाडोल घर भएका २४ वर्षीय आयुष भण्डारी समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रिय समाचार कक्षले जनजाएको छ ।