७ बैशाख २०८१, शुक्रबार
Follow Us

ऋषिकेशधाम जस्तै महालिङ्गधाम

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार १६:११

भारतको प्रसिद्ध ऋषिकेशधाम  जस्तै भौगोलीक बनावट रहेको पश्चिम नेपालको स्याड्डजा र पाल्पाको सिमाना  पर्ने महालिङ्गधामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको वताएका छन् । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले यही असोज २७ गतेदेखि लगाई रहेको नेपाल महिमा एवं श्रीकालीगण्डकी ज्ञानविज्ञान महायज्ञमा पुग्ने अधिकांश भक्तजनहरुले सो क्षेत्र धार्मिक पर्यटकिय गन्व्यको क्षेत्र बनाइनुपर्ने बताएका हुन् । सो महायज्ञलाई सम्बोधन गर्दै  देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले कालिगण्डकी नेपाललाई विश्वमा चिनाउने पवित्र नदि भएको भन्दै यसको संरक्षणमा सवै लाग्नु आवश्यक रहेको बताउनु भयो । उहाँले धार्मिक पर्यटन भित्राउनका लागि पनि यस्ता सम्पदाहरुको संरक्षणको खाँचो रहेको औल्याउनु  भयो ।   सो  महायज्ञका प्रमुख बाचक चैतन्य कृष्ण महाराज जीले प्रवचनका क्रममा कालीगण्डकीको तटमा अवस्थित यज्ञ स्थल विश्वकै उत्कृष्ट तपोभुभि भएको बताउनु   भयो ।  सो अवसरमा उहाँले साख्य दर्शनका  ज्ञाता कपिल, वेदका रचयिता व्यास , शान्ति नायक गौतमवुद्धलाई जन्माउने नेपाल भुमि श्रुति र स्मृतिको पावन भूमी भएको उद्घोष गर्नु भयो । सो महायज्ञ सम्पादन समितिका मुल संयोजक पुर्व सांसद शंकर प्रसाद पाण्डेले यज्ञ अवधिभर नेपालका सन्त महन्त मठमठाधिशको समेत  विशेष उपस्थीत भइरहेको बताउनु भयो । उहाँले  महाइज्ञको प्रमुख उदेश्य कालिगण्डकीको ऐतिहासिक धार्मिक महत्वलाई जीवित राख्ने संयोजक पाण्डेले जनाउनु भयो । परापुर्वक कालमा भगवान रामले तपस्या गरेको सो  क्षेत्रमा ऋषी मार्कण्डे, लगायतका ऋषि, महर्षिले तपस्या गरेको शास्त्रिय प्रर्माण समेत भेट्न सकिने धर्मविज्ञहरु बताउछन  । नेपालमा सवै नदिहरु दक्षिण वगेको भए पनि कालिगण्डकी नदि सो स्थानमा उत्तर वगेका कारण अझै यसको महत्व वढि भएको धामिृक विश्वास रहेको छ । काली गण्डकी जस्तै भारतमा सरयु नदी उतर  बगेके ठाउँमा रामजन्मभुमि अयोध्यानगरी र भागीरथी नदी बनारसमा उतर बगेकि छिन् । महालिङ्गधाम मा नै शिव भगवानले पहिलोपटक ज्योर्तिलिङ्गको अवतार लिनु भएको शात्रिय मान्यता रहेको छ । सो नै अप्रभंस भएर मालुङगा भएको जनविश्वास पाइन्छ । स्याड्डजा मालुङगा २ र पाल्पाको हुगी को सीमानामा रहेको यज्ञस्थल महालिङ्गधामको अबको धार्मिक पर्यटकिय केन्द्ध बन्ने आधार धेरै रहेको मुल समिति संयोजक पाण्डेले बताउनु भयो । उहाँले   कलिको ५ हजार वर्ष पछि कालीगण्डकी र कालीगण्डकीको शालग्राम पवित्र रहने शास्त्रमा उल्लेख गरिएको बताउनु भयो । उहाँले देवघाटबाट नयाँबाटो कालीगण्डकी लोकमार्ग र  ,बुटवलबाट मुक्तीनाथ दशर्न गर्ने बाटो समेत महालिङ्गधाम पर्ने हुदाँ शास्त्रीय प्रमाण पुराहुदै गएको उल्लेख गर्नु भयो ।
 प्राकृतिक शिक्र्षण अस्पताल र आधुनिक गुरुकुल निर्माणका लागि सञ्चालित सो महायज्ञमा राष्टशान्ति र पितृमोक्ष का लागि विभिन्न अनुष्ठान, शालग्राम भगवानको विशेष पुजा आरधना, २१ करोड दिप प्रज्वलन नेपाल महिमा एंव श्रीमदभगवत गीता प्रवचन, दैनिक योग ध्यान जप एंव जीवन जिउने कला प्रशिक्षण ज्योतिष एवं वास्तु परार्मश वृहत सन्त समागन कार्यक्रम यज्ञ अवधिभर नै भइरहेको  संयोजक  पाण्डेले बताउनु भयो । नेपालको पश्चिममा रहेको गण्डकी क्षेत्र पुण्य भुमि भइकन पनि ओझलमा परेको भन्दै विश्वको पहिलो र वैज्ञानिक हिन्दु धर्म रक्षाका लागि कार्यक्रम उपलब्धीमुलक रहने यज्ञ मुल समिति संयोजक पाण्डेले प्रष्टाउनु भयो ।

नेपालको पवित्र नदीको रुपमा रहेको कालीगण्डकीमा मात्र शालीग्राम पाइने गरिएको छ ।नेपालका मठमन्दिर हिन्दुहरुको घरमा शालीग्रामको पुजाँ अर्चना गरिन्छ । प्रसिद्ध धार्मिक शास्त्र स्कन्दपुराण, वराहपुराण लगायतका हिन्दु ग्रन्थहरुमा शालीग्रामको विशेष महिमा उल्लेख गरिएको छ । शालीग्राम जन्माउने नदी कालीगण्डकी कालीनदीमा कार्तिक स्नान मात्र सारा पाप नाश हुने लगायतका मान्यता रहेको छ । सो यज्ञका मुलवाचक चैतन्य कृष्णले नेपालमा रहेका धार्मिक ऐतिहासिक महत्वका क्षेत्रहरुको उजागर हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो ।  पथ्थरलाई  देवता बनाउने सक्ने कालीगण्डकीले  मानवलाई मोक्ष अवश्य दिने   भन्दै प्रमुख वाचक चैतन्य कृष्णल कालीगण्डकीमा स्नान ,ध्यान जपको समेत महिमा गर्नुभयो । यज्ञ अवधिमा कालीमा भेटिएको विशाल चक्र शिला र अन्य धेरै आकारका प्रकारका शिला लाई दर्शनका लागि राखिएको छ ।

सो महायज्ञमा सहभागी हुन हजार्रोै सख्यामा चितवन,नवलपरासी ,रुपन्देहि कास्की लगायतका देशभरीका जिल्लाहरुबट  धार्मिक तथा सामाजीक व्याक्तित्वहरु पनि यज्ञस्थल पुगेका छन् । विश्वमा शालीग्राम पाइने १ मात्र पवित्र नदी कालीगण्डकीको प्रचारप्रसार गरिनुर्पे  कार्यक्रममा सहभागी ककृण्ण प्रणामी सेवा समिति केन्द्धिय सदस्य रुपन्देहिका  धनराज पोखरेलले बताउनु भयो ।

नेपालविकासको प्रमुख स्रोत धार्मिक पर्यटन अथाह सम्भावनको क्षेत्र सो महायज्ञ स्थलको महत्व जनजनमा फैलाउन सके महायज्ञ स्थल महालिङ्गधामको  महिमा भोलीका दिनमा अवश्य बढ्नेछ । देशविदेशका तपस्पी ,ध्यानी , ज्ञानीहरुको र आर्कषणको भुमि महालिङ्गधाम अवश्य हुने छ ।

  • सृजना अर्याल