१९ बैशाख २०८१, बुधबार
Follow Us

भूतपूर्व गोर्खाहरुद्वारा बेलायती प्रधानमन्त्री कार्यालय बाहिर विरोध प्रदर्शन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७६, बुधबार १८:५८

लण्डन । भूतपूर्व गोर्खाहरुको संगठन गोर्खा सत्याग्रह संघर्ष समितिले बुधबार लण्डनमा प्रदर्शन गरेको छ । लण्डनस्थित बेलायती संसद र प्रधानमन्त्री कार्यालय बाहिर गरिएको प्रदर्शनमा सहभागी भए ।
ट्राफल्गर स्क्वायरबाट सुरु भएको गोर्खाहरुको विरोध र्याली पार्लियामेन्ट स्क्वायर र प्रधानमन्त्रीको कार्यालय १० डाउनिंग स्ट्रिटबाहिर सम्म पुगेको थियो । प्रधानमन्त्रीको कार्यालयमा सत्याग्रह समितिले आफ्ना मागहरु समेटिएको १३ बुंदे ज्ञापनपत्र पनि बुझाएको छ ।

विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै केहि बेलायती भेटेरानहरुले समेत सहभागिता जनाएका थिए । गोर्खाहरुको प्रदर्शनका क्रममा त्यस क्षेत्रको सवारी आवागमन समेत केहि समयको लागि अवरुद्ध बनेको थियो । प्रदर्शन करिब ५ सय गोर्खाहरु सहभागी रहेको बताएको छ ।