७ बैशाख २०८१, शुक्रबार
Follow Us

भूतपूर्व ब्रिटिस गोर्खाद्वारा माइतीघरमा धर्ना

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७६, बुधबार १९:०१

लण्डन । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले बुधबार माइतीघरमा धर्ना कार्यक्रम गर्दै कार्य अवधि (ड्युटी) मा मारिएका, घाइते तथा अपाङ्गता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरहनै समान सुविधा पाउनुपर्ने माग गरेको हो ।

त्यसैगरी अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम पाउनुपर्ने, सोही समयमा नोकरीबाट बर्खास्त भएकाले ब्रिटिस सरह पेन्सन पाउनुपर्ने माग गरिएको छ ।

कार्यक्रमका संयोजक कृष्णबहादुर राईका अनुसार यस विषयमा नेपाल सरकारले पहल गर्नुपर्छ । सो समस्याबाट पीडित हाल २८ हजार नेपाली ब्रिटिस सैनिक छन् । तीस वर्ष भन्दा बढी उमेरका ब्रिटिस गोर्खाका छोराछोरी सबैलाई बिना सर्त बेलायती भिसा दिनुपर्ने माग पनि राखिएको छ ।

नेपाल सरकार र ब्रिटिस सरकारबीच उच्चस्तरीय वार्ता टोली गठन भएको ११ महीना बितिसक्दासम्म समस्या समाधान नभएकाले सरकारलाई दबाबस्वरुप धर्ना कार्यक्रम गरिएको संयोजक राईले बताए ।