८ बैशाख २०८१, शनिबार
Follow Us

दिलगंगा स्मृति कोषबाट सम्मान र पुरस्कार

sarusaru
१९ बैशाख २०७६, बिहीबार ०२:५९

बागलुङ – दिलगंगा प्रधान स्मृति कोषले बागलुङको शिक्षा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान र पुरस्कार दिएको छ । कोषको १४ औं स्थापना दिवशको अवसर पारेर समाजको रुपान्तरणमा भूमिका खेलेको भन्दै पोखरा स्थित पृथ्वीनारायण क्यामपसका पूर्व उपप्राध्यापक तथा पूव कानून न्याय तथा समाजकल्याण मन्त्री राधेश्याम कमारोलाई सम्मान गरेको छ । त्यस्तै बागलुङको पश्चिम क्षेत्रमा शैक्षिक लहर ल्याएको भन्दै पूर्व शिक्षक धिरप्रताप सिंहलाई पनि सम्मान गरेको हो ।

उमेरले ७०को हाराहारीमा पुगेका उनीहरुलाई ५० बर्ष अगाडि देखि शैक्षिक जागरणमा योगदान दिएकोले सम्मान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए । स्वर्गिय दिल प्रसाद प्रधान र गंगादेवी प्रधानको स्मृतिमा स्थापित यो कोषको बार्षिक व्याजबाट लेखानी माविमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई पुरस्कार पनि दिदै आएको छ । उक्त पुरस्कारबाट गत बर्षको एसईई परीक्षामा लेखानी माविबाट उत्कृष्ठ अंक ल्याउने सुस्मिता शर्मा र सरिता श्रेष्ठलाई ५ हजार नगद रकम सहित पुरस्कृत गरिएको हो ।

पुरस्कार बितरण समारोहमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले अध्ययन गर्ने बिद्यार्थी देखि सामाजिक सेवामा खटिएका व्यक्तिलाई सम्मान गर्दा समाजको गौरव बढेको बताए । कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव अगम पालिखेको संचालन र उपाध्यक्ष जगन्नाथ आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तिहरु, बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष र बिभिन्न कोषका अध्यक्षहरुले पनि बोलेका थिए ।
जनमञ्च