१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम ओली

sarusaru
१९ बैशाख २०७६, बिहीबार १२:१६

काठमडौं,१९ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजल सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउनुभएको छ ।
राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वश्तु भइसकेको बताउनुभएको छ । “केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।”
प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । “प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।”
वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।”
प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाको पनि उपस्थिती थियो ।