१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १२:२२

जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
काठमाडौं-बर्दिया, गुलरिया नगरपालिका-५ बालापुर बस्ने १५ वर्षीया किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्नेहरु १८ वर्षीय राम चरण चौधरी र १९ वर्षीय अरुण चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देही, देवदह नगरपालिका-५ नयाँबस्ती बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही स्थान बस्ने २७ वर्षीय सुनिल परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।