१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केटी जिस्क्याएको निहुँमा एक जनाको मृत्यु

sarusaru
१९ बैशाख २०७६, बिहीबार १२:२४

केटी जिस्क्याएको निहुँमा गोरखामा जन्ती र बेहुलीपक्षबीच भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका साढे ८ बजे भएको उक्त घटनामा लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती पक्षका युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको हो ।
कुटपिटबाट घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएको थियो ।