१२ बैशाख २०८१, बुधबार
Follow Us

कुटपिटबाट मृत्यु, शंकास्पद व्यक्तिहरु प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १२:२३

गोरखा । पालुङटार नगरपालिका ४ स्थित कुमाल गाउँमा अपरिचित समूहले कुटपिट गर्दा बुधबार साँझ गम्भीर घाइते भएका लम्जुङ राईनासकोट नगरपालिका(४ अल्काटारका ३५ वर्षीय बिष्णु बहादुर कुमाललाई स्थानीय तेज मेडिकल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
सोही ठाउँस्थित जन्ती गएका कुमाललाई बेहुली लिएर फर्कने क्रममा बिना कारण बस रोकेर स्थानीय केटाहरुले मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न शंकास्पद पालुङटार नगरपालिका(५ बस्ने १२ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।