८ बैशाख २०८१, शनिबार
Follow Us

गाडी तथा नगद लुटपाट

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १२:२४

सर्लाही(बाग्मती नगरपालिका -१ सिता प्यालेश नजिकैबाट भारतको सीतामढी बस्ने दिब्य भूषण प्रसादले चलाई ल्याएको बिआर ०६ पिसी ६३७९ नम्बरको भारतीय स्कार्पियो गाडी र नगद १५ हजार रुपैयाँ बिहीबार बिहान लुटपाट भएको छ । उक्त स्कारपियोमा सवार ५ जना ईलाका प्रहरी कार्यालय कर्मैयाका रहेका छन् ।
रातो रंगको कारमा आएका अज्ञात व्यक्तिहरुले उक्त गाडी र नगद लुटी फरार भएको खबर प्राप्त हुनासाथै ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।